Thursday, June 9, 2016

सालैजो पछि रोईलामा नचाउँदै आए पंगेनी (भिडियोसहित)

mayale-man-baralchhaयुएई । बैदेशिक रोजगारीका शिलशिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रबासबाटै नयाँ गिती कोशेली ल्याएका छन् ।
अघिल्लो बर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो भाका ल्याएका पंगेनीले यस बर्ष नाँचु नाँचु पार्ने रोईला भाका लिएर दर्शक स्रोता माझ आएका छन् ।
स्थायी घर स्याङजा भएका पंगेनीले चर्चित गितकार, शब्द संकलन तथा संगितकार एक नारायण भण्डारीको लय शब्दमा ल्याएको रोईला गितमा गायिका देवि घर्तिको साथ रहेको छ ।
लैनो गाईलाई घास, थारो गाईलाई पराल छ
मायाले मन बराल्छ ।
शंकर बिसिको निर्देशनमा तयार पारिएको आकर्षक म्युजिक भिडियो सहित मायाले मन बराल्छ बोलको गित युट्युव मार्फत सार्बजनिक गरिएको छ । सितारा म्युजिकले बजार ब्यवस्थापन गर्ने गरि सार्बजनिक गरिएको एल्बमको म्युजिक भिडियो भने म्युजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ । कृष्ण फिलिम्स एण्ड एडभरटाईजिंगले तयार पारेको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । मह स्टुडियोमा छायंकन गरिएको म्युजिक भिडियोमा बिसी र अन्जली अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोमा राजेश घिमिरेको छायंकन तथा नविन घर्तिमगरको सम्पादन छ ।
अघिल्लो बर्ष मत परदेशी बोलको गिती एल्बम ल्याएका पंगेनीले सालैजो भाकाले जस्तै मायाले मन बराल्छ बोलको गितले दर्शक स्रोताको मन जित्ने अपेक्षा सुनाए । यस पाली अझ बढि माया पाउने आशामा छु उनले विश्वास ब्यक्त गरे ।

सन २००३ देखिनै बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका पंगेनी गैर आवासिय नेपाली संघ युएईको सांस्कृतिक संयोजक हुन् । उनी अन्र्तराष्ट्रीय नेपाली कलाकार संघका महासचिव समेत हुन् । युएईमा हुने सांस्कृतिक कार्यक्रममा राम्रो पकड जमाएका गायक पंगेनी पछिल्ला बर्षमा छानिएका कार्यक्रममा मात्र आफ्नो प्रस्तुती सहित उपस्थित हुन्छन् ।
मोहन बस्याल

baralchha

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts