खोटाङ, २३ जेठ । टुक्रा पार्दै गरेको रुखको मुढाले किच्दा आज खोटाङमा एक व्यक्तिको मृत्यु भएको छ ।
चिरानीका लागि आफैंले टुक्रा पार्दै गरेको उत्तिसको मुढाले किच्दा दिक्तेल नगरपालिका–९ का ४३ वर्षीय डम्बरबहादुर खत्रीको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।
मुढाले किचेपछि गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment