भक्तपुर, १९ जेठ । भक्तपुर क्यान्सर अस्पताल नजिकै रहेको सहिद स्मृति खेल मैदान अगाडि मिनिट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका नलिन्चोक घर भई भक्तपुर अस्पतालमा कार्यालय सहयोगीका रुपमा काम गरी अस्पताल परिसर मै बस्दै आएका फिरोज फैजूकी सात वर्षीया छोरी मनिका फैजूको घटनास्थल मै मृत्यु भएको हो ।
इजी पायनियर स्कूलमा कक्षा २ मा पढ्दै गरेकी उनलाई विद्यालयबाट फर्कने क्रममा तीव्र गतिमा आएको मिनिट्रकले ठक्कर दिएको थियो । बालिकालाई ठक्कर दिएर फरार बा२ख ५८७९ नं को मिनिट्रक र चालक रामेछाप फुलासी–१ का २६ वर्षीय विकेश लुङ्गेलीलाई व्यासी प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
No comments:
Post a Comment