Friday, June 10, 2016

मुद्दा छिटो फछर्याेट गर्नुस्– कार्की

भक्तपुर, २८ जेठ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीले आज भक्तपुर जिल्ला अदालतको निरीक्षण गरी मुद्दा छिटो फैसला गरेर जनताको गुनासो सम्बोधन गर्न निर्देशन दिनुभयो ।

उहाँले अदालतको भवन साँघुरो भएको र ठाउँको अभाव भइरहेको अवस्थामा जग्गा छिटो खरिद गरेर अदालतको आफ्नै भवन निर्माण गर्न पनि निर्देशन दिनुभयो ।

कामु प्रधानन्यायाीशलाई अदालतका न्यायाधीश दयानाथ खरेलले अदालतले गरेको प्रगति तथा अदालतको भवन अभावले पारेको समस्याबारे जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts