लालबहादुर ढेंगा, दुबई, युएई
दुबई ।
युएईमा छरिएर रहेका गुल्मेलीहरुको पहलमा सन् २०११ मा स्थापना भएको गुल्मी सेवा समाज यएईको अध्यक्ष जस्तो गरिमामय पदमा लक्ष्मण अर्याल निर्वाचित हनु भएको छ ।
गत ३ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा भएको तेस्रो अधिवेशनले २९ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो ।
उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डन रहनुभएको थियो भने अधिवेशनको अध्यक्षता गुल्मी सेवा समाज युएईका निवर्तमान कार्यवाहक अध्यक्ष कृष्ण गौतमले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा दूतावासका कन्सुलर भेषबहादुर कार्की, सहचार्य केशवप्रसाद पोखरेल, कौशल्या टन्डन, केली टन्डन, अंजना कार्की र नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए ।
प्रमुख अतिथि, बिशेष अतिथि, अध्यक्ष लगायत अन्य अतिथिहरुको संयुक्त रुपमा दीप प्रज्योलन पश्चात् नेपाली राष्ट्रिय गानबाट थालनी गरिएको थियो । स्थानीय गायकको रुपमा निकै ख्यातिकमाएका रुद्र थापाको सहज र सरल रुपले संचालन भएको अधिवेशनमा समाजको त्रर्फबाट मिन भण्डारीको शुभकामना मन्तव्य लगत्तै दुई बर्षभरिको लेखाजोखा बार्षिक प्रतिवेदन लक्ष्मण अर्यालले प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा नेपाली राजदूतावासमा केही महिना अगाडि मात्र नेपालबाट कन्सुलरको पदमा नियुक्ती भएर आउनु भएका भेषबहादुर कार्कीलाई गुल्मी सेवा समाज युएईले भव्य स्वागत गरेको छ । उपस्थित अन्य अतिथिहरुले पनि खादा ओढाएर सम्मान गरेका थिए । स्वागत तथा सम्मानित भएका कन्सुलर कार्कीले खुशी जाहिर गर्दै धन्यबाद समेत दिनु भएको थियो ।
निमन्त्रणा पाएर पाल्नु भएका अतिथिगण र हलमा खचाखच भरिएर बसेका दर्शकहरुको मनोरञ्जनका लागि विविध सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो । जसमा “सारा समाज खोल्दै छ” होमनाथ कुंवर र सपना जिसीले गाएकोे गीतबाट सांस्कृतिक प्रस्तुतिहरु सुरुवात भएको थियो । “डालीको फूल राम्रो” नरेन सापकोटाले गाएको गीतमा दर्शकहरु मात्र नभएर अतिथिहरु पनि नाच्न समेत भ्याए । शेरसिंह खड्काले गाएको गीत “गुल्मी लाने हो” पनि सबैलाई राम्रो लाग्यो । दुबईमा हुने सांस्कृतिक कार्यक्रमहरुमा धेरै सहभागिता जनाउने नृत्यगना गंगा खरेलको “मलाई चौबन्दी चोलीले राम्रो देखियो” गीतमा नृत्य निकै सान्धर्भिक लाग्दथ्यो । फरक–फरक अन्य प्रस्तुतिहरुले पनि मनोरञ्जन तुल्याएको थियो ।
स्थापनाकालदेखि समाजलाई टेवा पु¥याउदै आएका कृष्ण गौतमको संयोजकत्वमा बनेको निर्वाचन समितिले आगामी दुई बर्षे कार्यकालका लागि लक्ष्मण अर्यालको अध्यक्षतामा २९ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । जसमा क्रमशः प्रमुख संरक्षकमा कृष्ण गौतम, अध्यक्षमा लक्ष्मण अर्याल, उपाध्यक्षमा भुवन मगर (अबुधावी) उपाध्यक्षमा कमल कार्की (एलाईन) उपाध्यक्षमा सीता केसी (महिला) उपाध्यक्षमा गोपाल कुंवर (दुबई) उपाध्यक्षमा मिन भण्डारी (दुबई) महासचिवमा रुद्र थापा, सचिवमा सरस्वती पौडेल, कोषाध्यक्षमा नेत्र भुसाल रहेका छन् ।
अन्य सदस्यहरुमा सुमित्रा आचार्य, होमनाथ कुंवर, किशोर केसी, गंगा खरेल, कृष्ण कुंवर, सीता रामजाली मगर, लोकनाथ कुंवर, जीबनसिंह ठकुरी, राजन पन्त, जमुना न्यौपाने, केशरबहादुर थापा मगर, रामप्रसाद श्रेष्ठ, निरन्जन महत्रा, कृष्णप्रसाद ढकाल, सरोज थापा मगर, केशवराज भण्डारी, कृष्णबहादुर सुनार, नोखबहादुर बस्नेत र सपना जिसीलाई निर्वाचित गरेको छ ।
समाजलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान–पत्र दिएर सम्मानित गरेका थिए । नवनिर्वाचित भएका पदाधिकारीहरुलाई विभिन्न वक्ताहरुले कार्यसफलताका लागि शुभकामना दिएको थियो । आगामी दिनहरुमा समाजलाई अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै अझै सशंक्त ढंगले अगाडि लैजाने कुरामा अध्यक्ष लक्ष्मण अर्यालले प्रतिबद्धता जाहिर गरे भने संरक्षक कृष्ण गौतमले अधिवेशनलाई सफल पार्नमा सहयोग पु¥याउने सम्पूर्ण टिमलाई धन्यबाद दिदै आउने दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् ।
No comments:
Post a Comment