Tuesday, June 7, 2016

नेपाली समाज युएईको अन्तरक्रिया कार्यक्रम सम्पन्न

NS

निमकान्त पाण्डे, दुबई।

युएईमा क्रियासिल विभिन्न सामाजिक संस्थाहरु बीच नेपाली समाज युएईले अल सिराज लसी सेन्टरमा सुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधि,समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपालीहरुको सबै भन्दा पुरानो सामाजिक संस्थाको रुपमा रहेको समाजले आफ्नो २६ औ बार्षिक उत्सब तथा कल्याणकारी कोष स्थापनाको मुख्य बिषयलाई अन्तरक्रियाको बिषय राखेको थियो।

ns1
समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युएईमा क्रियासिल करिब चालीस सस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो।
बिगतमा नेपाली समाज जस्तो रहेता पनि आजको अन्तरक्रिया कार्यक्रममा सामाजिक भाबना बोकेका नेपालीहरुको उपस्थितले आफुलाई मलजल मिलेको अध्यक्ष साप्कोटाले समाजलाई नया उर्जा पुगेको भन्दै कार्यक्रम सफल भएको बताए ।
समाज सेबिहरुको अमुल्य सुझावले समाजलाई सहि निर्देशन दिनका लागी कोशेढुंगा साबित हुने जनाउदै महासचिब मणि भुर्तेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई सुझाब राख्ने अवसर दिएका थिए।

ns2
कार्यक्रममा उपस्थित संस्था प्रमुखहरुले आ(आफ्ना बिचारहरु राख्दै संस्थाले युएईमा कार्यरत लगभग चार लाख नेपालीहरुको साझा संस्था नेपाली समाजले धेरै भूमिकाहरु निर्वाह गर्न बाकि रहेको जनाउदै समाजले गरेका हरेक राम्रा कामहरु प्रति पूर्ण साथ समर्थन दिने प्रतिबद्दता प्रकट गरेका थिए।
फोटो ( मोहन बस्याल

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts