Thursday, June 9, 2016

नेता लावतीको सालिक अनावरण

पाँचथर, २७ जेठ । राजनीतिज्ञ पद्मसुन्दर लावतीको आज सालिक अनावरण गरिएको छ ।
यासोक बजारमा पापोहाङ लावती सयङले निर्माण गरेको सालिकको भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले अनावरण गर्दै लावतीले नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा दिएको योगदानलाई भुल्न नहुने बताउनुभयो ।

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि सन्देशमार्फत लावती जनताको प्रिय नेता, पार्टीको कुशल सङ्गठक, लक्ष्य प्राप्तिमा निरन्तर लागिपर्ने र विकासप्रति समर्पित तथा स्वाभिमानी नेता भएको बताउनुभएको छ ।
सो अवसरमा स्व लावतीका छोरा सगुनसुन्दर, बुहारी सांसद बबिना मोक्तान, नेपाली काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, नेकपा(एमाले)का नेता प्रेम रिजाल, नेकपा (माओवादी केन्द्र)का नेता दिनेश लावती, सङ्घीय लिम्बूवान पार्टी नेपालका सचिवालय सदस्य चन्द्रराज आङ्देम्बे, लावती सयङका अध्यक्ष जगतजङ्ग लावती लगायतले स्व लावतीले जिल्लाको विकासमा दिएको योगदान बिर्सन नसकिने बताउनुभयो ।

सो सालिक सयङको संयोजनमा देशविदेशमा रहेका लावतीहरु र अन्य व्यक्तिका तर्फबाट सहयोगस्वरुप प्राप्त रु छ लाख १५ हजार आर्थिक सहयोगमा उक्त सालिक निर्माण गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts