काठमाडौँ, २२ जेठ । सरभाइभर्स नेपालले सिन्धुपाल्चोक जिल्लाको राम्चे गाविसस्थित सूर्योदय प्राविलाई करिब रु नौ लाख सहयोग गरेको छ ।
गत वर्ष वैशाख १२ गते तथा त्यसपछि गएको भूकम्प र परकम्पबाट क्षतिग्रस्त विद्यालयको उक्त संस्थाद्वारा रु आठ लाख ४४ हजारको लागतमा भवन पुनःनिर्माण सम्पन्न गरी पाठ््य सामग्रीसहित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
संस्थाका तर्फबाट अध्यक्ष सुशील कोइरालाले विद्यालयका प्रधानाध्यापिका शारदा पौडेललाई भवन हस्तान्तरण गर्दै यसबाट स्थानीय विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानाध्यापिका पौडेलले नयाँ बनेको भवनले त्यस क्षेत्रको शैक्षिकस्तर उकास्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी अधिकारकर्मी उत्तम पुडासैनीले अधिकार र कर्तव्य समानान्तर रुपमा अघि बढेमा मात्र समाज समृद्धितर्फ उन्मुख रहने हुँदा सकारात्मक सोचका साथ अघि बढन आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment