पथरी (मोरङ), ११ असार । विद्यालय शान्ति क्षेत्रका विषयमा विराटनगरमा पूर्वाञ्चलस्तरीय दुईदिने अभिमुखीकरण आज सम्पन्न भएको छ ।
युनिसेफको सहयोगमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र शिक्षा पत्रकार समूहको आयोजनामा शुक्रबार र शनिबार भएको तालिममा तराई÷मधेसका छ जिल्लाका ३० पत्रकार सहभागी थिए ।
तालिममा विद्यालय शान्ति क्षेत्रको अवधारणा, यसका बाधा, विद्यालयमा अवरोध हुँदा पर्न जाने सामाजिक, आर्थिक र मनोवैज्ञानिक जोखिम तथा अवस्थाबारे प्रशिक्षण दिइएको थियो । सरकारले विसं २०६८ मा शान्ति क्षेत्र कार्यान्वयनका लागि निर्देशिका जारी गरे पनि पूर्ण कार्यान्वयन हुन नसकेको वक्ताहरुले बताए ।
तालिममा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल र पूर्व अध्यक्ष प्रकाश सिलवालले सहजीकरण गर्नुभएको थियो । उहाँहरुले निर्देशिकाको आवश्यक संशोधन हुनुपर्ने, सिजपले एकीकृत संयोजनको काम गर्नुपर्ने र पत्रकारले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
शुक्रबार नै सोही विषयमा सम्पन्न जिल्लास्तरीय अर्को तालिममा मोरङका पत्रकार सहभागी थिए । तालिममा सहभागीले विद्यालय शान्ति क्षेत्र कार्यान्वयन हुन राजनीतिक समस्या प्रमुख कारण भएकोमा जोड दिएका थिए ।
तालिमको सहजीकरण एजुकेसन हेल्पलाइनका राजेन्द्र ढकाल, सिजपका क्षेत्रीय संयोजक वासु अधिकारी र पत्रकार नेत्र पी अधिकारीले गर्नुभएको थियो । रासस
––––––––
No related posts.
No comments:
Post a Comment