Saturday, June 25, 2016

युवक बेपत्ता

उर्लाबारी (मोरङ), ११ असार । मोरङको भातिगछ–६ स्थित जुडी खोलाले बगाएर आज एक युवक बेपत्ता भएका छन् ।

आज अपराह्न बाहिरियामा रहेको जुडी खोलामा बाँसको पुल तर्ने क्रममा झरेर सोही ठाउँका २५ वर्षीय दिलिप राजभर बेपत्ता भएका हुन् । बेपत्ता युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts