पथरी (मोरङ), ८ असार । जाँतेमा तेली खोलामा आएको बाढीले खानेपानीको मुहान र इन्टेक ट्याङ्कीलाई बगाइदिएको छ ।
अविरल वर्षासँगै आएको बाढीले मुहान नै बगाएपछि गाविसवासी पिउने पानीबाट वञ्चित भएका छन् । पूर्वगाविस अध्यक्ष उपेन्द्र घिमिरेले बाढीबाट रु तीन करोड बराबरको क्षति भएको जानकारी दिनुभयो ।
खानेपानीको मुहान नै बगाएपछि जाँते १, २, ८ र ९ नं वडाका करिब एक हजार पाँच सय उपभोक्तालाई समस्या भएको छ । बाढीले खानेपानीको डिप बोरिङ गर्दै गरेको स्थानमा पनि क्षति पु¥याएको छ । बाढी जाँते–९ को बारकोठेको बस्तीमा पस्दा सात घर डुबानमा परेका छन् । रासस
No related posts.
No comments:
Post a Comment