Wednesday, June 22, 2016

ऊर्जा मन्त्रीद्वारा माथिल्लो त्रिशूली आयोजनाको निरीक्षण

धुन्चे (रसुवा), ८ असार । उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज रसुवा र नुवाकोटको सिमानामा निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभयो ।

रसुवाको डाँडा गाउँ, ठूलो गाउँ तथा नुवाकोटको मनकामना गाविसको इलाकामा रहेको सो जलविद्युत् आयोजना मन्त्री रायमाझीसँगै संसदीय समितिका पदाधिकारीसमेतले निरीक्षण गर्नुभएको रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पपछि उक्त आयोजनाको निर्माणले गति पाउन नसकेको प्रविधिज्ञहरुले बताएका छन् । निरीक्षणपछि मन्त्री रायमाझीले प्राकृतिक विपद्पछि आयोजनाको निर्माण कार्य क्रमिक रुपमा अगाडि बढाउन सरकारले सहयोग गर्ने बताउनुभयो । प्रतिकूल मौसमका कारण उहाँ बाँधस्थलसम्म भने पुग्न नसक्नुभएको बताइएको छ ।
मन्त्री रायमाझीका साथमा संसदीय समितिअन्तर्गत कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा र विकास समितिका सभापति रविन्द्र अधिकारी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts