ब्रासिलिया, ५ असार । ब्राजिलमा सन् २०१६ मा स्वाइन फ्लूबाट कम्तीमा पनि ८८६ नागरिकको ज्यान गएको समाचार छ ।
यो वर्षलागेपछि नै यस प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । उनीहरुका अनुसार यस सङ्क्रमणबाट यति छोटो समयमै त्यति धेरै नागरिक मारिएका बताइएको छ ।
ब्राजिलको स्वास्थ्य विभागले शुक्रबार प्रकाशन गरेको एक रिपोर्टमा त्यहाँ इन्फ्लुएन्जा ए अर्थात एचवान एनवान भाइरसबाट ती नागरिकको ज्यान गएको छ ।
उक्त प्रतिवेदनले ४५८१ जनामा यस सङ्क्रमणको प्रकोप देखिइएको पनि जनाएको छ । यो स्वासप्रस्वासमा हुने रोग हो ।
यस्तै प्रकारको तर स्वासप्रस्वासको अर्काे रुपका कारण पनि सन् २०१६ मा नै त्यहाँ अरु ९३ जनाको ज्यान गएको पनि प्राप्त सो रिपोर्टले जनाएको छ ।
यो दक्षिण अमेरिकी देशमा गएको हप्तामात्र पनि ६०० भन्दा बढी यस प्रकोपका विरामी भर्ना भएका छन् । यसको संक्रमण दर निकै बढ्दै गएकोले सबैतर्फ सतर्कता अपनाइएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सबैतर्फ ध्यानाकर्षण पनि गराएको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा
Sunday, June 19, 2016
ब्राजिलमा स्वाइन फ्लूबाट ८८६ को मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment