Saturday, June 18, 2016

रोपाइँमा गएकी राममाया तमोरमा हाम फालेर बेपत्ता

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको खोक्लिङ–३ की राममाया विक तमोर नदीमा एक्कासि हाम फालेर बेपत्ता भएकी छन् ।

खोक्लिङका लक्ष्मी गिरीको खेतमा रोपाइँको काम गर्न गएकी ४६ वर्षीय विक दिउँसो १२ बजे एक्कासि नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रहरीका अनुसार सँगै काम गरिरहेका अन्य साथीलाई छाडेर नदीमा पुगेको र एक्कासि हाम फालेर विक बेपत्ता भएकी हुन् ।

बेपत्ता विक खोक्लिङ–३ का बलबहादुर विककी श्रीमती हुन् । उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । नदीमा हाम फाल्नुको कारण खुलेको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts