Saturday, June 18, 2016

किसान सञ्जालको नेतृत्वमा श्रेष्ठ

काठमाडौँ, ४ असार । आम किसानको अधिकारको निम्ति सक्रिय संस्था राष्ट्रिय किसान सञ्जालको संयोजकमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई चयन गरिएको छ ।

सञ्जालको शुक्रबार काठमाडाँैमा बसेको बैठकले श्रेष्ठलाई चयन गरेको अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का सचिव नहेन्द्र खड्काले आज जानकारी दिनुभयो ।

यसअघि, नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतम सञ्जालको संयोजक रहनुभएको थियो ।

किसानको हकहित र समस्यालाई साझा मुद्दा बनाएर विभिन्न पार्टी निकट किसान भ्रातृ सङ्गठनहरूको एकीकृत शक्ति निर्माण गरिएको राष्ट्रिय किसान सञ्जालमा लामो समयपछि नेतृत्व हस्तान्तरण भएको हो ।

विसं २०५९ मा गठन भएको सो सञ्जाल तत्कालीन एमाओवादी शान्ति प्रक्रियामा आएपछि २०६२ सालमा पुनर्गठित भई सञ्जालमा पालैपालो नेतृत्व प्रणाली सुरु गरिएको थियो । रासस
सुशील दर्नाल
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts