Thursday, June 2, 2016

सरस्वती र विराटनगर विजयी

रौतहट, २० जेठ । सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको आयोजनामा रौतहटमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक सरस्वती युवा क्लब र विराटनगर विजयी भएका छन् ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले १९.४ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो । एक सय ९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको आयोजक सरस्वतीले १५.४ ओभरमा ३ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा ग¥यो ।

चितवनका लागि पवन थापाले २६ र ईश्वर थनयेतले २२ रनबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । चितवनलाई सस्तैमा समेट्ने क्रममा सरस्वतीका लागि सुधिर चौधरीले ३ तथा नन्दन यादवले २ विकेट हात पारेका थिए । सरस्वतीका लागि सुनिल धमलाले ४२ र हासिब अन्सारीले २७ रन बनाएका थिए । सर्वाधिक रन जोड्न सफल धमला ‘म्यान अफ दि म्याच’ घोषित भए ।

यसैगरी दोस्रो खेलमा विराटनगर १ रनले विजयी भएको छ । विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । विराटनगरका लागि रवि रोयले ३० र लालबाबु शर्माले २९ रन बनाएका थिए । वीरगन्जका लागि साह उद्दिन अन्सारी, अब्दुल अन्सारी र अकिब अन्सारीले २÷२ विकेट हात पारेका थिए । एक सय ५९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वीरगन्ज निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनमा समेटिएको थियो । वीरगन्जका लागि अब्दुलले ३८ र कञ्चन थापाले ३२ रन बनाएका थिए ।

शुक्रबारको पहिलो खेल काठमाडौँ र झापाबीच तथा दोस्रो खेल कलैया र जनकपुरबीच हुनेछ । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts