Thursday, June 2, 2016

‘हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धताको खाँचो’

काठमाडौँ, २० जेठ । उपप्रधानमन्त्री सिपी मैनालीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दक्षिण एसियाली देशको सामूहिक प्रतिबद्धता हुनुपर्ने बताउनुभएको छ ।

दक्षिण एसियाका क्षेत्रका बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कार्यरत संस्था (साइभाक), महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत दक्षिण एसियाका मानवाधिकारवादी संस्थाको आयोजनामा आज यहाँ भएको ‘बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता’विषयको सार्कस्तरीय गोष्ठीमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री मैनालीले दक्षिण एसियाली क्षेत्रकै मुख्य समस्याका रुपमा रहेको बालविवाह लगायत सामूहिक समस्यासँग जुध्न ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सामूहिक पहल गर्न गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा सार्कसम्बद्ध आठ राष्ट्रका ७४ मानवअधिकारकर्मी तथा बालअधिकारकर्मीको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts