गाईघाट (उदयपुर), १९ जेठ । उदयपुर जिल्लाको तावाश्री गाविस–८ रातमाटेस्थित मायालु सामुदायिक वनमा आज दिउँसो सुकेको मुढा काट्ने क्रममा मुढाले किचेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तावाश्री गाविस–८ रातमाटेका गिरीमान पाँचेमगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मुढाले किचेर रातमाटे–८ कै कविलाल तामाङ र अर्का बर्ष २२ को इन्द्र पुलामीमगर घाइते भएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment