Wednesday, June 15, 2016

अज्ञात समूहले गोली चलाउँदा एकको मृत्यु

मुगु, १ असार । गएराति पाटनमा यार्सा सङ्कलन गर्न बसेको अज्ञात अतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माग्री–५ का २४ वर्षिय कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ ।

घटनास्थल टाढा र सञ्चारविहीन क्षेत्रमा भएकाले घटनामा के कति घाइते भए भन्ने विस्तृत विवरण आउन सकेको छैन ।

अकस्मात राति सुतीरहेका बेला १२÷१५ जना हतियारधारी समूह आई अन्धाधुन्दा गोली चलाउँदा सुतीरहेका सङ्कलकबीच कोकाहल चलेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts