Saturday, June 18, 2016

महँगीविरुद्ध सडकमा धर्ना

काठमाडौँ, ४ असार । मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार, कालोबजारी, कर वृद्धि, खानेपानी अभाव, हत्या र हिंसाको अन्त्य गरिनुपर्ने माग गर्दै सांसद र सर्वसाधारणले आज धर्ना दिएका छन् ।

विसं २०७२ वैशाख भूकम्पपछि भत्किएका सम्पदालगायत अन्य पुनःनिर्माणका काम जतिसक्दो चाँडो अगाडि बढाउनुपर्ने भन्दै नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ ले वसन्तपुरस्थित विश्व पार्वती डबली नजिकै आयोजना गरेको धर्नामा सांसदसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।

क्षेत्र नं ८ का सांसद तथा नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले भूकम्प गएको लामो समयसम्म पनि सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिन नसकेको भन्दै धर्नामा बस्नुपरेको बताउनुभयो । दिउँसो ३ः३० देखि ५ बजेसम्म धर्ना दिइएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts