भक्तपुर, १० असार । प्लानेट इन्टरटेन्मेन्ट इन्टरनेसनल प्रालिले आगामी साउनमा यहाँ लिटिल स्टार एवम् मिस भक्तपुर टुरिज्म नेपाल नामक दुई सौन्दर्य र प्रतिभा प्रतियोगिता गर्ने भएको छ ।
ठिमीमा आज आयोजित पत्रकार सम्मेलनमा दुई भिन्न उमेर समूहका बालबालिका र किशोरीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रालिका प्रबन्ध निर्देशक मोहित महर्जनले जानकारी दिनुभयो । बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्ने हेतुले साउन ८ गते हुने भक्तपुर लिटिल स्टारमा छदेखि १३ वर्ष उमेर समूहका ४० बालबालिकाले प्रतिस्पर्धा गर्ने छन् ।
असार २३ गतेसम्म भक्तपुर लिटिल स्टारका लागि आवेदन दिन सकिने जानकारी दिँदै संस्थाका निर्देशक सुजन श्रेष्ठले साउनको अन्तिम सातामा हुने मिस भक्तपुर टुरिज्मका लागि भने साउनको पहिलो सातासम्म आवेदन दिन सकिने बताउनुभयो ।
युवतीहरुको फेसन मोहलाई ध्यानमा राखी उनीहरुलाई आन्तरिक पर्यटनको विकासतर्फ अग्रसर गराउने उद्देश्यले १६ देखि २४ वर्ष उमेर समूहका ४० युवती मिस भक्तपुर टुरिज्मका लागि प्रतिस्पर्धामा उत्रिने छन् ।
खस्कँदो पर्यटन व्यवसायतर्फ युवा पुस्ताको चासो बढाउन मिस भक्तपुर टुरिज्म नेपाल प्रतियोगिताको आयोजना गर्न लागिएको प्रालिका निर्देशक दीपेश श्रेष्ठ, कोरियोग्राफर अश्विनी झालगायतले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment