Friday, June 24, 2016

प्रवेशिकाको प्रमाणपत्र यसै हप्तामा जिल्ला पुग्ने

काठमाडौँ, १० असार । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले एक हप्ताभित्रमा प्रवेशिका (एलएलसी) को प्रमाणपत्र पठाउने भएको छ ।

प्रमाणपत्र बनाउन समय लागेको हुनाले अबको एक हप्तामा जिल्लामा पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी गराउनुभयो ।

“सबै प्रमाणपत्र प्रिन्ट, छाप लगाउँदा समय लाग्ने भएकाले अबको एक हप्तामा पठाउँछाँै”–उहाँले भन्नुभयो । सक्कल प्रमाणपत्र नभए पनि कलेजले इन्टरनेटबाट डाउनलोड गरिएको प्रमाणपत्रका आधारमा प्रवेश परीक्षा लिइरहेका छन् ।
“साउन १५ गतेबाट कक्षा ११ को पढाइ सञ्चालन हुन्छ । त्योभन्दा अगाडि भर्ना गर्नका लागि हामीले प्रत्येक विद्यालयमा प्रमाणपत्र पु¥याउँछौँ”– उहाँले भन्नुभयो । पनिकाले गत वर्ष सञ्चालन भएको एसएलसीको नतिजा असार २ गते पहिलो पटक अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिमा विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts