सप्तरी, ५ असार । ललापटी गाविस–७ मा कुटपिटबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीया सावित्रीदेवी खङ्ग रहेको प्रहरीले जनाएको छ ।
सावित्री, सोही ठाउँका ५० वर्षीय धनिकलाल खङ्ग र निजको श्रीमती कमलीदेवीबीच जग्गाको विषयमा झगडा हुँदा कुटपिटमा परी सावित्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस
No comments:
Post a Comment