Friday, June 10, 2016

पूर्वी सुडानमा सडक दुर्घटनामा ३२ को मृत्यु

खार्तुम, २८ जेठ । पूर्वी सुडानमा बिहीबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३२ व्यक्तिको मृत्यु भएको समाचार छ ।

यस दुर्घटनामा अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

राजधानी खार्तुमबाट ५३० किलोमिटर उत्तरपूर्वमा रहेको अल रवजाल क्ष्ोत्रमा उक्त दुर्घटना भएको जनाइएको छ ।

साउदी अरेबियातर्फ गईरहेको सो बसमा तेलको ट्याङ्कसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ । सन् २०१५ मा भएको सडक दुर्घटनामा १६६२ व्यक्तिको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सुडान विश्वको अन्य राष्ट्रको तुलाना अत्यधिक मात्रामा सडक दुर्घटना हुने देशमा पर्दछ । रासस÷सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts