रौतहट, १९ जेठ । प्रेस काउन्सिल नेपालको आयोजनामा आज स्थानीय सञ्चारमाध्यम र आचार संहिताविषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीले सञ्चारकर्मीले आचार संहिताअनुरुप काम गर्नुपर्ने औल्याएका छन् ।
जिल्ला सदरमुकाम गौरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पत्रकार आचार संहिता अनुरुप कार्य गर्दा पनि कुनै माध्यम वा स्र्रोतबाट धम्की आए सञ्चारकर्मीलाई सहयोग गर्न प्रशासन तयार रहेको बताउनुभयो ।
उहाँले स्थानीय पत्रपत्रिका दर्ता हुने क्रम बढ्दै गएको अवस्थामा गुणस्तरीयतामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईले पत्रकारले आचार संहिता पालना गर्नुपर्ने बताउँदै स्थानीय पत्रपत्रिकाको हक हितका लागि प्रेस काउन्सिल सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका रौतहटका अध्यक्ष शैलेन्द्रप्रसाद गुप्ता, प्रहरी उपरीक्षक डा गणेश रेग्मीलगायतले स्थानीय पत्रपत्रिकाको अवस्था र चुनौतीका बारेमा आ आफ्ना धारणा राख्नुभएको थियो । रासस
No comments:
Post a Comment