Thursday, June 23, 2016

कराते टोली जापान प्रस्थान

काठमाडौं ९ असार । जापानको टोकियोमा यसै हप्ता हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

जापान जाने टोलीमा तीन खेलाडीसहित छ जना छन् । नेपालसहित १७ देशका खेलाडीले भाग लिएको प्रतियोगितामा ४५ केजी तौल समूहमा लाक्पा दोर्जे शेर्पा र सुष्मा तामाङ तथा ५० केजीभन्दा माथिमा सुष्मा श्रेष्ठले भाग लिँदैछन् । यसअघि शेर्पाले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए भने तामाङ र श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदैछन् ।

टोलीमा नेपाल वादो फेडेरेसनका अध्यक्ष सञ्जय लामा, सचिव ओमप्रसाद ढकाल र प्रशिक्षक अरुणकुमार कार्की सहभागी हुँदैछन् ।

उनीहरुलाई पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री पुष्करनाथ ओझा, फेडेरेसनका कोषाध्यक्ष पेङ्वा शेर्पालगायतले आजै एक कार्यक्रमबीच विदाई गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts