काठमाडौँ, २१ जेठ । सिन्धुपाल्चोक जिल्लामा आज ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।
आज बिहान ५ः१० मा सिन्धुपाल्चोक केन्द्र भई सो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभएको छ । रासस
No comments:
Post a Comment