Thursday, June 2, 2016

सार्क ग्रामीण पर्यटनको सहकार्यमा जोड

काठमाडौँ, २० जेठ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय ग्रामीण पर्यटन कार्यशालासार्कका देशको ग्रामीण पर्यटन क्षेत्र तथा धार्मिक सांस्कृतिक एवम् ऐतिहासिकस्थलको संरक्षण गरी घरबास पर्यटनको विकास गर्ने तरिका एकापसमा साटासाट गरी सम्पन्न भएको छ ।

एकदिने कार्यशालाको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले सार्क ग्रामीण पर्यटनको विकास गर्न सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यशालामा सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यशालामा सार्कका सात देशका १४ तथा नेपालका निजी क्षेत्रका १५ र सरकारी क्षेत्रका १२ जनाको सहभागिता थियो । कार्यशालामा सार्क राष्ट्रका प्रतिनिधिले आआफ्नो देशको ग्रामीण पर्यटन विकासको प्रयासका विषयमा वृत्तचित्र तथा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts