Monday, July 18, 2016

बोधिचित्तमालाको दाना लुट्ने कारागार चलान

बनेपा, ४ साउन । काभ्रेपलाञ्चोकमा रु १० लाख बराबरको बोधिचित्तमालाको दाना हातहतियारसहित लुट्ने दुइजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्लाको सिसाखानी–३ बस्ने ठकुरानी तामाङको जग्गामा रहेको बयर प्रजातिको बोधिचित्तको रुखमा रहेको दाना झन्डै एक महिनाअघि सिन्धुपाल्चोक जिल्लाको पाङताङ गाविस–४ निवासी कृष्णबहादुर श्रेष्ठ र सोही ठेगाना भएका गोपालबहादुर श्रेष्ठले लुटेका थिए ।

उनीहरुलाई जिल्ला अदालत, काभ्रेपलाञ्चोकले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । प्रहरीले उनीहरुलाई डाँका मुद्दामा कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts