Monday, July 18, 2016

दोषीलाई कारबाहीको माग

काठमाडौँ, ४ साउन । ललितपुरको बालकुमारी चोकमा रहेको किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा निमा डोल्मा लामा झुन्डिएको अवस्थामा फेला परेपछि मृतकका परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् ।

दोलखा चरिकोट घर भई भक्तपुरमा बस्दै आएकी निमा डोल्मा असार २८ गते झुन्डिएको अवस्थामा फेला परेपछि लामाका आफन्तले भने उनको हत्या भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

साह र किष्टका सञ्चालक देवकुमार साहले प्रहरीमा खबर नगरी लामाको शवलाई शिक्षण अस्पताल लगेका थिए । सव परीक्षणका लागि राखिएको अवस्थामा शिक्षण अस्पतालमा सोमबार भेला भएका आफन्तले त्यस्तो माग गरेका हुन् ।

मृतककी बहिनी मीना लामाले शवलाई नजिकैको पाटन अस्पताल नलगेर टाढाको अस्पताल शिक्षण अस्पतालमा लैजानु रहस्यमय भएको बताउँदै त्यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

प्रहरी वृत्त जाउलाखेलले लामाको शव पोलिक्लिनिकमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले लामाका प्रेमी उमेशकुमार साह र किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरका सञ्चालक देवकुमार शाहलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts