काठमाडौँ, ८ साउन । सत्ता साझेदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सो पार्टीको आज बसेको संसदीय दल र राजनीतिक कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी कार्यालयका सचिव परमानन्द मेहताले आजको बैठकले पार्टीबाट सरकारमा नेतृत्व गरेका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । उहाँले पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीको राजीनामा पत्र तयार भएको र भोलिसम्म पत्र प्रधानमन्त्रीलाई बुझाइने बताउनुभयो ।
फोरम लोकतान्त्रिकबाट अध्यक्ष गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सरकारमा सहभागी हुनुहुन्छ । सो पार्टीबाट १४ जना सांसद व्यवस्थापिक–संसद्मा रहेका छन् । रासस
No comments:
Post a Comment