Saturday, July 23, 2016

बाह्र घन्टापछि मुग्लिन सडक खुल्यो

रत्ननगर (चितवन), ८ साउन । चितवनको नारायणगढ–मुग्लिन सडक १२ घन्टापछि सञ्चालनमा आएको छ । आज बिहान ६ः१० मिनेटको समयमा पहिरो खसेपछि अवरुद्ध भएको सडक साँझ ६ः१५ बजे सञ्चालनमा ल्याइएको हो ।

उक्त सडकअन्तर्गत कालीखोला र टोपेखोलामा खसेको ठूलो पहिरो पन्छाउन दिनभर समय लागेको हो । टोपेखोला नजिकै झन्डै ४०–५० मिटर लामो पहिरो खसेर दिनभर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुई वटा लोडर र एकवटा एक्साभेटरले पहिरो पन्छाएको थियो । यहाँ बिहानैदेखि रोकिएका सवारी गन्तव्यतर्फ गइरहेका छन् ।

गाडीको लामो लाइन भएकाले यातायात सहज हुन अझै केही घन्टा लाग्ने चितवन प्रहरीले जनाएको छ । राम्रो बजार नभएकाले यात्रु दिनभर समस्यामा थिए ।

सोही सडकअन्तर्गत सेती दोभानमा खसेको पहिरोका कारण रातभरि एकतर्फ मात्रै सडक सञ्चालन भएको थियो ।

पहिरो खस्दा चितवनबाट पोखरा र काठमाडौँ जाने आउने सवारीबीच बाटोमै रोकिएका थिए । सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खोतलिएकाले यहाँ सुख्खा समयमा समेत पहिरो जाँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts