Sunday, July 3, 2016

कृषि र होटेलमा लगानी गर्न आग्रह

दोलखा, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले कृषि र होटेल क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

सदरमुकाम चरीकोटमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल इपानले आयोजना गरेको कार्यक्रममा उहाँले जलविद्युत्मा लगानी गर्दा ढिलो मुनाफा आउने भएकाले व्यावसायिक कृषिमा लगानी गरे छिटो नाफा लिन सकिने बताउनुभयो । उहाँले जलविद्युत्मा लगानी गर्न गरिब जनताले नसक्ने भएकाले कृषि पर्यटनतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।
उनले जलविद्युत्बाट ४ देखि ६ वर्ष सम्ममा पनि मुनाफा नआउने भएकाले त्यो अवधिसम्म कुर्न कृषकलाई समस्या हुने भएकाले पनि तामाकोसी आयोजनाको सेयर तत्काल नखोलिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् सांसद पशुपति चौलागार्इंले विद्युत्मा लगानी गर्न आउने लगानीकर्ता नाफा कमाउनका लागि आउने भएकाले उनीहरुलाई सहमति दिँदा धेरै विषयमा सोचेर दिन आवश्यक रहेको बताउनुभयो । एमालेका केन्द्रीय सदस्य एवम् सांसद पार्वत गुरुङले विद्युत्मा लगानी गर्ने लगानीकर्ताको कारण दोलखाको जलविद्युत् आयोजना धराशायी बनेको बताउनुभयोे ।
इपानका अध्यक्ष खड्गबहादुर विष्टले मुलुकको परिवर्तन जलविद्युत् क्षेत्रले मात्रै गर्न सक्ने जिकिर गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts