Monday, July 25, 2016

चौतारीद्वारा पत्रकार सेजुवाललाई उपचारका लागि सहयोग

काठमाडौँ, १० साउन । प्रेस चौतारी नेपालले काठमाडाँैमा उपचारत मुगुका पत्रकार जीवन सेजुवाललाई रु ८१ हजार आर्थिक सहयोग गरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहनुभएका सेजुवाललाई सो सहयोग प्रदान गर्नुभएको हो । गत जेठ १४ गते सेन्टरमा भर्ना हुनुभएका सेजुवाललाई ढाडको नसा च्यापिएर ‘बोन टिबी’ भएको छ ।

गत असार २६ गते उहाँ ढाडको शल्यक्रिया भएको थियो । उहाँको उपचारमा डा गौरवराज ढकाल र डा सन्तोष पौडेल संलग्न हुनुहुन्छ । अब सेजुवाललाई तीन महिना घरमै आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । ‘अन्नपूर्ण पोष्ट’का स्थानीय संवाददाता उहाँलाई यसअघि नेपाल पत्रकार महासङ्घले रु १५ हजार सहयोग उपलब्ध गराएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts