हुम्ला, १० साउन । जिल्ला सदरमुकाम सिमीकोटलाई आज बिहान खुला दिसामुक्त घोषणा गरिएको छ ।
‘स्वच्छ पानी चर्पीयुक्त घर, सुरक्षित समाज हुम्लाको रहर’ भन्ने मूल नाराका साथ बाजागाजा र साँस्कृतिक झाँकीसहितको सदरमुकाम परिक्रमापछि आयोजित कार्यक्रममा प्रजिअ डा कृष्णबहादुर घिमिरे सो घोषणा गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सवडिभिजन कार्यालयका प्रमुख ज्वालाराज शर्माले सिमीकोट गाविसका एक हजार १४ घरधुरीमा पक्की शौचालय निर्माण भई सञ्चालनमा आएपछि जिल्लाको एक्काइसौँ खुल्ला दिसामुक्त गाविस भएको घोषणा भएको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment