Friday, July 22, 2016

रुख ढल्दा बालिकाको मृत्यु

धनगढी, ७ साउन । धनगढी उपमहानगरपालिका–६ शान्ति टोलको एक घरमाथि आज अपराह्न रुख ढल्दा घरमा सुतिरहेकी एक बालिकाको च्यापिएर मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख बजिरसिं धामीले स्थानीय नरेश चौधरीको कच्ची घरमाथि खसेको रुखले च्यापिएर उपमहानगरपालिका–१८ फुलवारीका दीलु चौधरीकी १२ वर्षीया छोरी जुनकिरी चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

आफन्त नरेश चौधरीको घरमा पाहुना बस्न दुई दिनअघि ती बालिका आएकोमा आज उक्त घटना भएको बताइएको छ ।

घरमा सुतिरहेको अवस्थामा घर छेउमा रहेको बर्रोको रुख घरमाथि खसेको थियो । वर्षा भइरहेको समयमा ढलेको रुखले चौधरीको घरमा ठूलो क्षति पुगेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts