बैतडी, ७ साउन । बैतडीको तल्लोस्वोराड क्षेत्रमा पर्ने मेलौली गाविसकी एक महिला बेपत्ता भएको तीन दिनपछि आज मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार मेलौली गाविस–८ का दानसिंह क्षेत्रीकी २१ वर्षीया श्रीमती सेतुदेवी क्षेत्री आज बेलुका मृत फेला परेकी हुन् ।
मृत भेटिएकी महिला यही साउन ५ गते घरबाट स्थानीय सामुदायिक वनमा घाँस काट्न गएको बताइएको छ । बेपत्ता भएकी महिलाको खोजी गर्दा आज बेलुका बैतडीको बिशालपुर गाविस–५ स्थित सूर्नया नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुुभयो ।
दुम्सी भनी हानेको गोली लागेर बालकको ज्यान गयो
दुम्सीलाई भनी हानेको गोली लागेर बझाङमा एक १२ वर्षीय बालकको ज्यान गएको छ ।
बिहीबार बेलुका राति घर नजिकैको जङ्गलमा दुम्सी मार्न गएका मृतकका काका नाता पर्ने २५ वर्षीय विक्रम रोकायाले चलाएको गोली लागेर जयपृथ्वी नगरपालिका–६ मयानाका प्रेम रोकायाका १२ वर्षका छोरा विजु रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका विक्रमले आफूले दुम्सी भनि गोली हान्दा बालकलाई लागेको स्वीकारेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई आजमात्रै जानकारी आएको र घटनामा संलग्नलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment