Friday, July 22, 2016

दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस शनिबारदेखि

काठमाडौँ, ७ साउन । नेपाल भेट्रान्स टेबल टेनिस सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा नेपालबाट २४, भारतबाट ४०, पाकिस्तानबाट दुई, माल्दिभ्सबाट छ र बङ्गलादेशबाट चार खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक नवीनबहादुर शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष ४० वर्षमाथि र ५० वर्षमाथि टिम र एकल तथा महिला ५० वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सोमबारसम्म चल्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts