काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३८आँै स्मृति दिवसका अवसरमा आज यहाँ पुष्पलाल नाटक सहित ‘पुष्पलाल साँझ’ सम्पन्न भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय जनसङ्गीत मञ्च नेपालले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । मञ्चका कलाकारले जनवादी र पुष्पलालसँग सम्बन्धित गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।
नाटकमा कलाकारले पुष्पलालको राजनीतिक जीवनको चरित्र मञ्चन गर्नाका साथै उहाँले नेपालको कम्युनिस्ट पार्टी स्थापना गरेको भूमिका उतारिएको थियो । मञ्चका अध्यक्ष माधव प्रधानले ती कार्यक्रम देशैभर प्रदर्शन गरिने जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment