काठमाडौँ, १० साउन । पूर्वाञ्चल विकास क्षेत्रको टोली महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमाञ्चल विकास क्षेत्रविरुद्ध भएको खेल वर्षाले प्रभावित भएपछि त्यसको फाइदा पूर्वाञ्चललाई भयो । समूह ‘बी’को विजेताका होडमा रहेका दुवै टोलीले यसअघि समान एक खेल जितेका थिए । तसर्थ आजको खेल निर्णायक भयो । सुरुआतदेखि नै वर्षा भएपछि १८ ओभरमा छोट्याइएको खेल आठौंँ ओभरसम्म पुगेको थियो ।
वर्षा पुनः भारी मात्रामा बढेपछि खेल स्थगन हुनपुग्यो । त्यस बेलासम्म टस हारेर
ब्याटिङ गरेको पूर्वाञ्चलले ७.२ ओभरमा मात्र सात रन जोडेर छ विकेट गुमाइसकेको थियो । अन्ततः वर्षा बाधक बनेपछि दुवैले एक÷एक बाँडे र समूहमा तीन÷तीन अङ्क पु¥याए तर नेट रन रेटमा अगाडि रहेको पूर्वाञ्चलले फाइदा लिँदै फाइनलको टिकट काट्यो ।
यही समूहमा रहेर सबै खेल गुमाएको पश्चिमाञ्चल लिगको अन्तिममा रहेको छ ।
त्यस्तै आजै भएको समूह ‘ए’को खेलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई पाँच विकेटले हराएको छ । सो समूहमा दुई खेलमा जित निकालेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब यसअघि नै फाइनलमा पुगिसकेकाले सो जितले मध्यपश्चिमाञ्चलको उपाधि दौडमा यसले महत्व राखेन तापनि मध्यपश्चिमाञ्चल दुई अङ्का साथ समूहमा दोस्रो स्थानमा रहन सफल भएको छ । त्यस्तै आजको हारले मध्यमाञ्चललाई लिगको पुछारमै सीमित बनाएको छ ।
वर्षाका कारण १० ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले चार विकेटको क्षतिमा ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको मध्यपश्चिमाञ्चलले पूरै ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।
मध्यपश्चिमाञ्चललाई जित दिलाउने क्रममा ‘प्लेयर अफ द म्याच’ घोषित लक्ष्मी चौधरीले ३९ रनको योगदान गरिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा पर्ने तथा उनीहरूले विश्वकप छनोट खेल्न पाउने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिताको फाइनल मङ्गलबार हुनेछ । रासस
No related posts.
No comments:
Post a Comment