Friday, July 29, 2016

बाढीपहिरामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १४ साउन । नेकपा (संयुक्त) ले यही साउन १० गतेदेखि देशव्यापी रुपमा आएको अविरल वर्षाले गर्दा देशका विभिन्न भागमा गएको बाढीपहिरामा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जारी गरेको विज्ञप्तिमा बेपत्ताको खोजीलाई तीव्रता दिन आग्रह गर्दै विस्थापित तथा घरवारविहीन परिवारको गाँस, बास तथा आवासको उचित व्यवस्थापन गरी राहत तथा पुनःस्थापन अविलम्ब गर्न माग गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts