Friday, July 29, 2016

कोसीमा बाढी घट्दै

इटहरी, १४ साउन । केही दिनदेखिको अविरल वर्षामा कमी आएसँगै सप्तकोसी नदीमा बाढीको सतह क्रमिक रुपमा घट्दै गएको छ ।

सप्तकोसीको ब्यारेज सुरक्षार्थ परिचालित प्रहरी नायब निरीक्षक भीम थेबेका अनुसार आज अपराह्न ४ बजे सप्तकोसीमा एक लाख ९१ हजार २१० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।

बाढी कम भएसँगै ब्यारेजका ५६ ढोकामध्ये अहिले २८ ढोका खोलिएका छन् । बाढी बढेसँगै बुधबार र बिहीबार क्रमशः ३५ र ३६ ढोका खेलिएको थियो । बाढीको बहावमा कमी आएपछि ब्यारेज क्षेत्रमा उत्पन्न तनावमा पनि कमी आइरहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts