Tuesday, July 12, 2016

चालीस हजार बिरुवा वितरण

पाँचथर, २८ असार । जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ ।

कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो । टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजार बिरुवा कृषकलाई वितरण गरेको छ ।

त्यस्तै अमला एक हजार, टाँकी १५०, बडहर २५०, बकाइना ३०० र इपिलका २०० बिरुवा वितरण गरिएको जिल्ला वन अधिकृत दिवेशमणि त्रिपाठीले जानकारी दिनुभयो । कार्यलयले बर्सेनि बिरुवा वितरण गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts