Tuesday, July 19, 2016

मलेसियाबाट १६ नेपाली कामदारको उद्धार

काठमाडौँ, ४ साउन । मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

मलेसियास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहीबार र आज गरी दुई चरणमा नेपाल पठाइएको हो । दूतावासले हालसम्म सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थाको सहयोगमा ६१२ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी नेपाल पठाइसकेको जनाएको छ ।

थुनुवा केन्द्रमा रहेका अन्य नेपालीलाई समेत निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts