Tuesday, July 19, 2016

श्रीमती र सासुको हत्या

रुकुम, ४ साउन । रुकुमको रुघा गाविस–५ का जगतबहादुर खड्काले आज बिहान आफ्नै श्रीमती र सासुको कुटपिट गरी हत्या गरेका छन् ।

सामान्य विवाद हुँदा खड्काले श्रीमती नौमति खड्का र सासु ओपी ओलीको हत्या गरेकत्रो प्रहरीले जनाएको छ । खड्काकी सासु ओपी केही दिनअिघ मात्र छोरीको घर आएकी थिइन् ।

अभियुक्त खड्काले लाठीले हिर्काएपछि घटनास्थलमै दुवैको ज्यान गएको प्रहरीले बताएको छ । सासु र श्रीमतीको हत्या गरेका खड्कालाई गाउँलेले घरमै बाधेर राखी प्रहरीलाई खबर गरेका थिए ।

खड्काका दुई छोरा र एक छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts