Thursday, July 28, 2016

राष्ट्रिय स्रष्टा पुरस्कार कदमलाई

कठमाडौँ, १३ साउन । नेपाल गीतकार सङ्घले विसं २०७२ को राष्ट्रिय स्रष्टा पुरस्कारबाट वरिष्ठ गीतकार भैरवनाथ रिमाल कदमलाई सम्मान गर्ने भएको छ ।

पुरस्कारको राशि रु एक लाख एक सहित ताम्रपत्र रहने छ । नेपाली गीतसङ्गीतका उन्नयनमा अतुलनीय योगदान पु¥याए बापत कदमलाई सो पुरस्कार प्रदान गर्न लागिएको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव शुभ मुकारुङद्वारा आज यहाँ जारी विज्ञप्तिमा २०७२ वर्ष गीतमा दश गीतकारका गीत छनोट पनि गरिएका छन् । तिनमा रवीन्द्र आशिष शैली (आँखा खोल्दा तिमीलाई), महेश आचार्य (आफ्नै घर सल्काएँ), डा नवीन अधिकारी(खोजी गर्दा मिल्ने भए), राधिका अधिकारी (जति छाल आए पनि), लोकराज अधिकारी (जे गर्दा नि मिल्दैन), किरण बराल (डोल्पामा चामल पा’ छैन), तुलसी बस्नेत (तिमीलाई भुल्दैछु), दिलीप पिया (धोका दिने निर्माेही), नृपध्वज खड्का (बरै डल्यो) र राजन ठकुरी(बाटो मोड्ने छैन) छन् । यसैगरी विस २०७२ को उत्कृष्ठ वर्ष गीत पुस्तकमा लक्ष्मी अधिकारी पौडेल( लक्ष्मी गीत सङ्ग्रह), जीवन मुकारुङ( जीवनका गीत), र चन्द्रा चामलिङ्(प्रेमको तस्वीर) छन् ।

छनोटमा परेका वर्षका गीत तथा गीतका पुस्तकमध्ये एक एक जनालाई पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । सो पुरस्कारको राशि जनही रु ५० हजार एक सहित सम्मानपत्र रहने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts