काठमाडौँ, १३ साउन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग किरिबाटी गणतन्त्रका पूर्वराष्ट्रपति एनोट टङ्गले आज भेटवार्ता गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच आज भएको भेटमा जलवायु परिवर्तन र पर्यावरण संरक्षणसहितका विविध विषयमा कुराकानी भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
भेटका क्रममा किरिबाटीका पूर्वराष्ट्रपतिले माल्दिभ्सले समुद्रमुनि र नेपालले सगरमाथाको आधार शिविरमा सम्पन्न गरेका मन्त्रिपरिषद्का बैठकको स्मरण गर्दै ती बैठकले जलवायु परिवर्तन र पर्यावरणका सम्बन्धमा विश्वको ध्यान आकृष्ट गर्न सफल भएको बताउनुभएको थियो ।
जलवायु परिवर्तन र पर्यावरण संरक्षणका सन्दर्भमा विगतमा गरिएका प्रतिबद्धबाट ठूला मुलुक पछि हट्न खोजेको भन्दै दुवै नेताले चिन्ता व्यक्त गर्नुभएको स्वकीय सचिव गौतमले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment