Friday, July 29, 2016

राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

ललितपुर, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो । उहाँले जीवित देवी कुमारीको पनि दर्शन गर्नुभएको थियो ।

ऐतिहासिक भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु सहभागी हुनुभएको थियो ।

सो अवसरमा गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाउनुभएको थियो । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यले टीका तथा प्रसाद प्रदान गर्नुभएको थियो । भोटोजात्रा स्थलमा प्रमूख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts