Sunday, July 10, 2016

रु सतचालिस लाख अनुदान वितरण

विराटनगर, २६ असार । युवालाई पशुपालनतर्फ आकर्षित गर्न जिल्ला पशु सेवा कार्यालयले किसानलाई रु ४७ लाख अनुदान रकम वितरण गरेको छ ।

चालु आवमा कार्यालयले युवा लक्षित व्यावसायिक गाईभैँसी प्रवद्र्धन, व्यावसायिक बाख्रा प्रवद्र्धन र पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५ जना युवा किसानलाई उक्त रकम वितरण गरिएको हो । व्यावसायिक गाईभैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना फार्म स्थापनाका लागि १० किसानलाई रु एक लाख ४० हजारका दरले रकम वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी मझौला आकारको फार्म सुदृढीकरणका लागि तीन जना किसानलाई रु तीन लाखका दरले रु नौ लाख वितरण गरिएको छ । सोही कार्यक्रमअन्तर्गत ठूलो फार्मको यान्त्रीकरण कार्यक्रमका लागि प्रतिकिसान रु चार लाख अनुदान रकम उपलब्ध गराइएको छ ।

यस्तै व्यावसायिक बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चार किसानलाई रु ६ लाख वितरण गरिएको छ । पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमअन्तर्गत सात किसानलाई रु १४ लाख अनुदान रकम उपलब्ध गराइएको छ । अनुदानप्राप्त किसानले सो व्यवसाय तीनदेखि पाँच वर्ष बन्द वा छोड्न नपाउने व्यवस्था गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts