गोरखा, २६ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डस्थित कविलास गाविस– ४ को सडकमा गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गोरखा, केरौंजा गाविसकी २४ वर्षीया लालमाया गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
गोरखाबाट चितवन जाँदै गरेको बा ६८ प १२१८ नंको मोटरसाइकललाई ना ४ ख ८२४५ नंको ट्रकले आज दिउँसो ठक्कर दिएको थियो ।
श्रीमान् वीरबहादुरले चलाएको मोटरसाइकलले ट्रकलाई उछिन्ने क्रममाः ट्रकले ठक्कर दिँदा लालमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । मोटरसाइकल चालक वीरबहादुरको अवस्था सामान्य छ । ट्रक चालक धादिङका प्रेम भुजेल र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
No comments:
Post a Comment